शुक्रबार सुनको मूल्य घट्याे, प्रतितोला कति पुग्यो ?



काठमाडौं ।

नेपाली बजारमा शुक्रबार सुनको मूल्य ओरालो लागेको छ । शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो।

यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा किनबेच भएको थियो।

यस्तै, शुक्रबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कायम भएको छ । बिहीबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्