नास्टको टोली ल्याण्डफिल पुग्यो , अध्ययन गरेर चाडै प्रतिवेदन बुझाउने 



काठमाडौँ।

बञ्चरेडाँडा ल्याण्डफिल साईटको वातावरणीय मूल्याङकन गनेृ टोली बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेको छ । सो टोली केहीबेर अघि ल्याण्डफिल साईट हिँडेको हो  । सो टोलीले अति प्रभावित र प्रभावित क्षेत्रको अध्ययन गर्नेछ ।

सो क्षेत्रमा बस्नयोग्य भए नभएको बारेमा अध्ययन गर्नेछ । कामपा वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले टोली बञ्चरे ल्याण्डफिल साइट हिँडेको जानकारी दिनुभयो । टोलीले दिएको वातावरणीय मुल्याङकन प्रतिवेदनको आधारमा कामपाले थप काम अघि बढाउने भएको छ ।
केहीदिन अध्ययन पछि नास्टको टोलीले प्रतिवेदन बुझाउनेछ । यसअघि कामपाकै सहयोगमा सिसडोल ल्याण्डmिल साइटको अवस्थाबारे अध्ययन गरेको थियो ।

महानगरले स्थानीयको माग सम्बोधन गर्न विभिन्न सहयोग जारी राखेको बताएको छ । कामपाले फोहोर व्यवस्थापन गर्न ग्याबिङ गर्ने काम जारी राखेको छ ।
कामपा मेयर वालेन्द्र साहका प्राविधिक सल्लाहकार सुनिल लम्सालले स्थानीयसँग भएको सम्झौता अनुसार काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो–हामीले सम्झौता अनुसार काम जारी राखेका छौ, सरकारले माग पुरा गरेको छैन ।

यसैबीच स्थानीयको आन्दोलनको कारण ५ दिनदेखि उपत्यका र आसपासका २३ स्थानीय तहको फोहोर विसर्जन हुन सकेन । बिहीबार बिहान फोहोर लिएर पुगेका निजी क्षेत्रका सवारीलाई स्थानीयले आलेटारमै रोकेका थिए । निजी फोहोर व्यवस्थापन गर्ने निकाय फोहोर व्यवस्थापक संघ नेपालका महासचिव मित्र घिमिरेले स्थानीयले लगातार सवारी रोकेका कारण दिउसो ४ बजे सबै सवारी साधन फिर्ता भएको जानकारी दिनुभयो ।

स्थानीयले फोहोर पुर्न माटो बोकेका सवारी साधनलाई निर्वाध रुपमा बञ्चरेडाडा ल्याण्डफिल साइट जान छुट दिएका छन् भने फोहोर बोक्ने सवारीलाई बाटैमा रोकेका छन् । कामपाले आजबाट फोहोर लैजाने विषयमा छलफल भइरहेको जनाएको छ । मेयरका प्राविधिक सल्लाहकार लम्सालले सरकारले गनुपर्ने कर्तब्य पुरा नगरेको कारण समस्या बढेको बताउनुभयो । भन्नुभयो–स्थानीयको प्रायः अधिकांश माग जायज छ, सरकारले पुरा नगरेको कारण समस्या बढेको हो ।

प्रतिक्रिया दिनुहोस्