इमर्जिङ टिम्स एसिया कप : भारत ‘ए’ सँग नेपाल ९ विकेटले पराजित



काठमाडौँ।

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ६८ रनको लक्ष्य भारत ‘ए’ ले २२ ओभर १ बलमा एक विकेटको क्षतिमा भेट्टाएको हो । श्रीलंकाको आर प्रेमदासा रङ्गशालामा भएको खेलमा भारतका लागि अभिसेक शर्माले सर्वाधिक ८७ रन बनाए ।

नेपालका लागि कुशल मल्लले एकमात्र विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १६७ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्