अबको गन्तव्य ‘संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट व्यवस्थाको अन्त्य : कमल थापा



काठमाडौँ ।

 राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपालको अबको गन्तव्य ूसंघीय गन्तव्यको नाममा कायम रहेको भ्रष्ट व्यवस्थाको अन्त्य भएको बताएका छन् ।

आज काठमाडौँमा आयोजित पार्टी सम्बद्ध संयोजित संगठनहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै थापाले राप्रपा नेपाललाई परिबर्तनकारी शक्तिको रुपमा स्थापित गर्ने दृढता समेत व्यक्त गरे ।

 मुलुकको सम्पूर्ण क्षेत्र राजनीतिकरणको चपेटामा परेको भन्दै थापाले भ्रष्टाचार रुपी महारोगले मुकुकको सबै अङ्गलाई क्षतविक्षत पारेको समेत बताए । विदेशी हस्तक्षेप र प्रभाव नाङ्गो रुपमा बढेर गएको, बेरोजगारी समस्या र धर्म परिवर्तनको डढेलोबाट मुकुक आक्रान्त भएको चर्चा गर्दै थापाले  न्यायालय जस्तो पवित्र ठाउँप्रति समेत जनताको भरोसा टुट्दै जानू विडम्बनापूर्ण भएको बिचार व्यक्त गरे ।

 थापाले काण्डै काण्डको पिरामिड माथि खडा भएको अहिलेको राज्य प्रणालीले प्रजातन्त्रको संरक्षण, राष्ट्रिय स्वाधीनताको रक्षा र आर्थिक समृद्धिको सपना पूरा गर्न नसक्ने भन्दै मुलुक जोगाउने हो भने अब विकल्पमा जानू ढिला गर्न नहुनेमा जोड दिए ।

 भेलाले आगामी साउन ५ गते राप्रपा नेपाल आबद्ध संयोजित संगठनहरुको आयोजनामा विरोध प्रदर्शन गर्ने निर्णय समेत गरेको कार्यक्रमका सभापति नेपाल ट्रेड युनियन महासङ्घ (टुकोन) का अध्यक्ष हिक्मतजङ्ग भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्