सहकारीपीडितको समस्या समाधान गर्न शर्माको माग



काठमाडौं ।

कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा उनले छलफल गरेर पीडितको समस्या समाधान गर्न माग गरेका हुन् । उनले आन्दोलनमा रहेका सहकारीपीडितहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सहकारी संस्था नियमन गर्ने शक्तिशाली संस्था बनाउन माग गर्दै उनले केही सहकारीको कमजोरीले अन्य सहकारी पनि आलोचित हुनुपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्