राष्ट्रिय स्वतन्त्र पार्टीमा चिकित्सकको आकर्षण बढ्दो 



काठमाडौँ। 

 राष्ट्रिय स्वतन्त्र पार्टीमा चिकित्सकको आकर्षण बढ्दो छ । नेकपा एमाले निकट राष्ट्रिय चिकित्सक संघका महासचिव डा पुष्पमणि खरालले पदबाट राजीनामा दिई नयाँ पार्टी प्रवेशको तयारी गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा राजीनामा पत्र पोस्ट गर्दै संगठन र पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ ।

उहाँले पोस्ट गर्नुभएको छ, ‘नेकपा एमाले अन्तरगर्तको राष्ट्रिय चिकित्सक संघको महासचिव पदमा काम गरे । पार्टीका अन्य अंगहरुमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सकेजति योगदान पनि गरेँ । बर्षौ पछि आज फर्केर हेर्दा मैले यथास्थितिको अवस्थाबाट देश र जनतालाई सकारात्मक योगदान दिन नसक्ने निचोड निकालेँ । मैले अब उप्रान्त राजनीतिको नयाँ अध्याय कोर्ने फैसला गरेको छु’ राजीनामा पत्रमा लेखिएको छ ।

डा. खरालले राजीनामा पत्रमा कुन पार्टीमा जाने भन्ने खुलाउनुभएको छैन । तर, उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने निश्चित भइसकेको छ । उहाँले अनौपचारिक कुराकानीमा रास्वपामा जाने निश्चित गरेको बताउँनुभयो । उहाँ भन्नुहुन्छ, आफूसँगै ठूलो संख्यामा चिकित्सकहरु रास्वपा प्रवेश गर्न लागेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्