सहकारीका बचतकर्ताद्वारा प्रदर्शन, ५ जना पक्राउ



काठमाडौं ।

रकम फिर्ता माग गर्दै सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिती नेपालले आज माइतिघरदेखि बानेश्वरसम्म विशाल प्रदर्शन गरेको छ ।

आइतबार बिहानदेखि नै प्रदर्शन गरिरहेका उनीहरूमध्ये पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूहरूले बचत गरेको रकमको व्याज, बोनस मात्र नभएर मूलधन नै जोखिममा परेको भन्दै सहकारी लगानीकर्ताहरू ४५ दिनदेखि माइतीघरमा आएर विभिन्न विरोधका कार्यक्रमहरू गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्