मेयर बलेनको ‘कविता’- हामी जति बिकाउ भए पनि, आत्माले आफूलाई बेच्दैन !



काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले विकाऊ नहुन आग्रह गरेका छन्।

शनिबार बेलुका सामाजिक सञ्जालमा कविता लेख्दै मेयर बलेनले हामी जति बिकाउ भए पनि आत्माले आफूलाई नबेच्ने कुरा उल्लेख गरेका छन्।

यस्तो छ बलेनको कविता

हामी मनुष्यलाई एक दिन मर्नुपर्छ ,
कसैलाई याद हुँदैन,
दैनिक याद हुनु राम्रो कुरा पनि हैन ;
तर बिर्सिनु पनि त सही छैन …
एक दिन यो पाऊले धर्ती टेक्दैन,
एक दिन यो शरिरले हुरी छेक्दैन ,
एक दिन यो आखाले संसार देख्दैन ,
एक दिन हातले मनको कुरा लेख्दैन ,
ईतिहास लेख्छौँ, तर गल्ती मेट्दैन ,
एक दिन ,
हामी जती बिकाऊ भए पनि,
आत्माले आफु बेच्दैन !!

प्रतिक्रिया दिनुहोस्