सप्तरीमा एमाले नेता सवार गाडी दुर्घटना, पाँच जना घाइते



जनकपुरधाम ।

सप्तरीमा नेकपा एमालेका नेता सवार गाडी दुर्घटनामा परेको छ । गाडी पल्टेपछि पाँच नेता घाइते भएका छन् ।

प्रहरीका अनुसार एमाले जिल्ला कमिटी सदस्य किरण पन्थ, हरिहर बस्नेत, भुवन केसी, सुनिता कटुवाल र बच्चुलाल चौधरी कार दुर्घटनामा घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि राजविराज लगिएको छ ।

एमाले जिल्ला कमिटीको बैठकका लागि उनीहरू राजविराजतर्फ गइरहेको बेला नम्वर नखुलेको कार दुर्घटनामा परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्