अमेरिकी सहायक विदेशमन्त्री लू काठमाडाैंमा, आजै प्रधानमन्त्री प्रचण्डलाई भेट्ने



काठमाडौं ।

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू आज काठमाडौं आइपुगेका छन् । शुक्रबार दक्षिण एसियाली मुलुकको भ्रमणमा रहेका लू काठमाडौं आइपुगेलगत्तै परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र स्रोतका अनुसार साढे ४ बजे मन्त्री साउद र अमेरिकी सहायक विदेशमन्त्री लूबीच मन्त्रालयमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

बालुवाटारमा  ६ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  पनि भेट गर्ने कार्यक्रम तय भएको छ । भेटमा प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति समवेदना व्यक्त गर्ने कार्यक्रम मात्रै रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्