स्वास्थ्य मन्त्रीको भनाइले सदन ततायो



काठमाडौँ। 

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आत्महत्या जस्ता विषयसँग जोडेर स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतको नाम पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सकले सरुवा गरेको स्थानमा जानुपरे आत्महत्या गर्छु भनेर मन्त्रालयका सचिवद्धयलाई धम्क्याउँदै रमाना पत्र बुझ्न नमानेको गुनासो आफू  समक्ष ल्याएपछि आत्महत्या गर्ने भए डोरी दिएर मेरो कोठामा पठाईदिनोस भनेको हु सदनमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो ।

यता मन्त्रालयले भने उहाँको भनाइलाई बङ्ग्याएको भन्दै बचाउँका लागि विज्ञप्ति जारी गरेको छ । सदनमा आत्महत्या दुरुत्साहन गर्ने अधिकार मन्त्री बस्नेतलाई नभएको र तत्काल राजीनामा दिनुपर्ने माग डा.तोसिमा कार्कीले अघि सार्नुभएको थियो ।

हेरौँ मन्त्रालयको पूर्णपाठ :

 

 

प्रतिक्रिया दिनुहोस्