सुदूूरपश्चिम प्रदेश : बजेटको विपक्षमा उभिने सत्तारुढ तीन दलको निर्णय



धनगढी।

सुदूरपश्चिममा कांग्रेस बाहेकका तीन सत्तारुढ दलले यथास्थितीमा बजेट पारित नगर्ने निर्णय गरेका छन्।

सोमबार नागरिक उन्मुुक्ती पार्टीको संसदीय दलको कार्यालयमा बसेको नाउपा, माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) पार्टीको संसदीय दलको संयुक्त बैठकले यथास्थितीमा बजेट पारित नगर्ने निर्णय गरेका हुन् ।

नागरिक उन्मुुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सरकारले बजेट संशोधन नगरेमा यथास्थितीमा पारित गर्न नसकिने निर्णय गरेको जानकारी दिए । उनकाअनुसारलाई बजेट सच्याएको अवस्थामा भने पारित गर्ने समझदारी भएको छ ।

‘प्रदेश सरकारमा सहभागी भएका र समर्थन गरेका दलहरु माओवादी केन्द्र, नागरिक उनमुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) पार्टीसँग भएको छलफल र सुुझावलाई वेवास्था गरी प्रदेशसभाका माननीय र जनताको भावना, प्रदेशको आवश्यकता र औचित्य विपरीत बजेट आएको छ,’ निर्णयमा भनिएको छ, ‘बजेटमा विषयगत सन्तुलन नभएको र राजनीतिक नेतृत्व मुखदर्शक भएको अनुुभूती भएको छ । तसर्थ समयमै बजेट सन्तुलित बनाउन जनता र जनप्रतिनिधिको भावना समेटेर समग्र विकास र समृद्धिको यात्रामा अगाडि बढाउन संशोधन प्रक्रिया प्रदेश सरकारलाई आग्रह गर्दछौँ । बजेट संशोधन र समझदारी नभएको यथाअवस्थामा बजेटलाई समर्थन गर्न नसकिने निर्णय गरियो ।’

बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगरज भट्ट, प्रमुुख सचेतक मानबहादुुर धामी, नाउपा दलका नेता चौधरी, प्रमुुख सचेतक कैलाश चौधरी र नेकपा(एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी र प्रमुख सचेतक प्रकाश रावलको उपस्थिती रहेको थियो।

 

 

 

प्रतिक्रिया दिनुहोस्