सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्याम्पसविरुद्ध महानगरको एक्सन 



वीरगन्ज। 

बषौंदेखि सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना खडा गरेको वीरगन्जको हरिखेतान बहुमुखी क्याम्पसका विरुद्धमा वीरगन्ज महानगरपालिकाले सोमबार डोजर चलाएको छ । विभिन्न शक्तिकेन्द्रको पहुँचमा सार्वजनिक नाला अतिक्रमण गरेर बनाएको संरचना वीरगन्ज महानगरपालिकाले डोजर लगाएर  भत्काइदिएको हो ।

महानगरपालिकाले सार्वजनिक नालामाथि बनाइएको संरचना भत्काउन पटक पटक आग्रह गर्दा समेत हरिखेतान क्याम्प्सले अटेर गरेपछि सोमबार महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह आफै उपस्थित भएर डोजरले सार्वजनिक संरचना भत्काउनु लगाउनु भएको हो ।

क्याम्पसले सार्वजनिक नालामाथि संरचना बनाउँदा नाला सफाइमा अवरोध भएको र पटक पटक हटाउन पत्राचार गर्दा, भेटेर आग्रह गर्दा समेत क्याम्पस प्रशासनले आग्रह गर्दा समेत अटेर गरेपछि सोमबार महानगर प्रमुख सिंहसहितको टोली डोजर लिएर गएर संरचना भत्काएको हो ।

सार्वजनिक नालामाथि गरिएको अतिक्रमण हटाउने क्रममा हरिखेतान क्याम्पसको संरचना पनि महानगरले भत्काउन थालेको हो । वीरगन्ज महानगरलाई डुबानबाट जोगाउन सार्वजनिक ढल नाला सफाइ गर्दा नालामाथि बनाइएका संरचनाले अवरोध गरेकोले नालामाथिको संरचना हटाउने कार्यलाई महानगरपालिकाले तीव्रता दिएको छ ।

सार्वजनिक सम्पत्ति हडप्ने जो सुकै भएपनि महानगरपालिकाले नछाड्ने पनि मेयर सिंहको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्