पर्यटन प्रवर्द्धन लागि इलामको श्रीअन्तुमा अन्तरक्रिया तथा फोटो प्रर्दशनी



इलाम । नेपालको कला, संस्कृति, नेचर, वाईडलाइफको फोटोहरू ईलामको श्रीअन्तुमा प्रदर्शनी गरिएको छ । अठोट नेपाल काठमाडौंको आयोजना र पर्यटन बोर्डले सह–आयोजना गरेको पर्यटन प्रबद्र्धनका लागि उक्त प्रर्दशनी गरिएको हो ।

नेपालका सातै प्रदेशका पर्यटकीय स्थलहरू तथा कला संस्कृति जनजीवन झल्कने प्रकारका फोटोहरू प्रर्दशनी गरिएका थिए । उक्त कार्यक्रममा इलामस्थित विभिन्न मिडियाका मिडियाकर्मीहरू, मित्र राष्ट्र भारतका पत्रकारहरू, अन्तुका पर्यटन व्यवसायीहरू, इलाम फोटो पत्रकार समूहलगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सहभागीहरूसँग संस्थाले अन्तरक्रिया कार्यक्रम पनि गरेको थियो । कार्यक्रमका संयोजक देवेन्द्रबहादुर शाहीका अनुसार यसअघि हेटौडा र जनकपुरमा फोटो प्रदर्शनी गरिएको थियो । भविष्यमा सातै प्रदेशमा यस्तो कार्यक्रम गरिने र यसको मुख्य उदेश्य नेपालको आन्तरिकक पर्यटन प्रर्बद्धन गर्ने रहेको बताउनुुभयो ।

कार्यक्रमा सूर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाकुमार बराल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, रोङ गाउँपालीकाका अध्यक्ष मनीकुमार स्याङबो, इलाम पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईलगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

यस कार्यक्रमका प्रमुख अतिथिले पर्यटन प्रर्बद्धन गर्ने महत्वपूर्ण कडी भनेको फोटो भिडियो नै रहेको र फोटो प्रदर्शनीका लागी इलामको श्रीअन्तु रोजेर कार्यक्रम गर्नुभएकोमा आयोजकलाई धन्यबाद दिनुभयो । ईलामका नगरपालिका तथा गाउँपालिकाहरू पनि पर्यटन प्रर्बद्धनका लागि विभिन्न प्रकारका उदेश्य लिएको र आगामी दिनमा यस्ता प्रकारका संस्थाहरूसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुका साथै कार्यक्रमको सफलताको शुभकामना दिनुभयो ।

पर्यटकिय स्थल श्रीअन्तु सूर्योदय र सूर्यास्थ हेर्नका लागि धेरै पर्यटक जानेमध्यको एक मुख्य पर्यटकीय गन्तव्यका रुसमा रहेको संयोजक शाहीले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्