तपाईँ भाग्यशाली हुनुहुन्छ



एउटा बुझ्नुपर्ने कुरा छ । वास्तवमा तपाईँ कति भाग्यशाली हुनुहुन्छ ? दुःखका पछाडि मात्रै नदगुर्नुहोस् । समस्याले पहिला कोही अरूलाई दुःखी तुल्याउँथ्यो । अहिले तपाईँलाई दुःखी बनाइरहेको छ । तपाईँपछि कोही अर्कोलाई दुःखी बनाइदिन्छ । दुःख उही नै हो । दुःख फेरिँदैन । केवल तपाईँ नयाँ हुनुहुन्छ । तपाईँभन्दा पहिला पनि यस्तो हुन्थ्यो नै । तपाईँका सेखपछि पनि यस्तो हुनेछ । पहिला के हुन्थ्यो ? पहिला ‘पैसाको थैली हरायो’ भन्ने हुन्थ्यो । अहिले मोबाइल हराउँछ । कसैको थैली हराएपछि मेरो थैली कहाँ हरायो भन्ने चिन्ता हुन्थ्यो । अहिले मोबाइल हराउँदा पनि उस्तै दुःख हुन्छ । यी सबै चीजबीज, प्रविधिहरू बदलिरहन्छन् तर तपाईँ फेरिनुहुन्न । यसर्थ, आफ्नै पछि लाग्नुहोस्, चिन्ताका पछि होइन ।

चिन्ता हुन्छ नि– समस्याको समाधान कसरी गर्ने ? रातदिन तपाईँ आफ्नो मनोकाङ्क्षा पूर्तिका लागि कटिबद्ध रहनुहुन्छ । तपाईँ अरू व्यक्तिलाई विश्वास गर्न तयार हुनुहुन्छ । आपैmँलाई चाहिँ विश्वास गर्नुहुन्न । तपाईँको ध्यान कसमाथि छ ! तपाईँ अरू मानिसले आपूmसँग सत्य बोलून् भन्ने चाहना राख्नुहुन्छ । तपाईँ स्वयम् आपैmँसँग सत्य बोल्नुहुन्न । तपाईँ आफ्नो समय पनि खेर फालिरहनुभएको छ र तपाईँ ‘होइन, सबै कुरा ठीकठाक चलिरहेको छ’ भनेर भन्नुहुन्छ ।

तपाईँ आपूmले बुझेको चीजमा विश्वास गर्नुहोस् । बुझ्नुहोस्, किनभने यो बुझ्ने अवसर हो । तपाईँ जीवित रहेसम्म तपाईँ त्यस चीजलाई चिन्न सक्नुहुन्छ । पहिचान गर्न सक्नुहुन्छ । यद्यपि एकदिन एउटा समय आउने नै छ । चाहे त्यो बीस वर्षपछि आए पनि, तीस वर्षपछि आए पनि, चालीस, पचास या त सय वर्षपछि आए पनि आउने नै छ । त्यसबाट कोही पनि जोगिएका छैनन् । तथापि, जहिले आए पनि त्यो आउँछ नै तर कोही पनि सधैँ जीवित रहँदैनन् । कालको रीत नै यही हो । यो त हुने नै छ । यसबारेमा जान्नका लागि तपाईँलाई कोही दिग्गज व्यक्तित्वको आवश्यकता नै पर्दैन । तपाईँको जन्म कहिले भयो भन्ने कुरा थाहा पाउनुपर्ने आवश्यकता पनि पर्दैन । तपाईँको भविष्यमा के हुनेछ ? एकदिन तपाईँ आउनुभयो, एकदिन तपाईँले जानुपर्छ । यही हो, तपाईँको भविष्य । म दुईवटा पर्खालकोे कुरा गरिरहेको छु । एउटा पर्खालबाट तपाईँ आउनुभयो अनि अर्को पर्खालबाट तपाईँले जानुपर्ने हुन्छ ।

जुन पर्खालबाट तपाईँ यहाँ आउनुभएको थियो त्यो पनि सत्य थियो । अनि, तपाईँ यहाँबाट भएर जाने पर्खाल पनि वास्तविक नै हो । तपाईँलाई यो श्वासमा कति शक्ति छ भन्ने कुराका बारेमा थाहा छ ! यो श्वासले त्यो दुईवटा पर्खाललाई छुट्याइदिन्छ । यदि यो श्वास नआउँदो हो त तपाईँको जन्म हुनासाथ तपाईँ गइसकेको हुनुहुन्थ्यो । यो चीज आइरह्यो र गइरह्यो भने यी पर्खालहरु पनि अलग्गै रहनेछन् । यो चमत्कार नभएर के हो त ! तथापि, हामी यस कुरामा ध्यान दिँदैनौँ ।

यही श्वासका कारण तपाईँ राम्रो देखिनुभएको छ । सिँगारपटार गरेका कारणले होइन, दाह्री मिलाएका कारणले होइन । दाह्री काटेर चिटिक्क परेका कारणले पनि होइन । श्वासका कारण तपाईँको जीवन चलिरहेको छ । त्यो चीज भएका कारण तपाईँ बोल्न सक्नुहुन्छ । तपाईँका आफन्तहरू छन् । त्यसका कारण तपाईँले जागिर खान सक्नुहुन्छ । त्यही चीज तपाईँसँग भएका कारण तपाईँ पकाउन पनि सक्नुहुन्छ र खान पनि सक्नुहुन्छ । त्यसकारण तपाईँ भाग्यशाली हुनुहुन्छ, किनभने तपाईँमा यस्तो चीज विद्यमान छ ।

जुन चीजका कारणले यो सृष्टिको रचना सम्भव भएको हो नि ! त्यो चीज तपाईँमा पनि छ । तपाईँमा दुईवटा चीजको मिलन भएको छ ः एउटा नाशवान् छ अनि अर्कोचाहिँ अविनाशी । दुवै चीजको मिलन भएपछि तपाईँको जन्म भयो । अहिलेसम्म त तपाईँका सारा नाता–सम्बन्धहरू नाशवान् चीजसँग मात्रै गाँसिएका छन् । तथापि, तपाईँको सम्बन्ध त ती अविनाशीका साथ गाँसिनुपर्ने हो ।

यदि मानिसले मानवतालाई बिर्सियो भने के हुन्छ ? जे भइरहेको छ त्यस्तै नै हुन्छ । वास्तवमा मानिसले शान्तिको सान्निध्यतामा जीवनलाई धन्य तुल्याउनुपर्छ । आनन्दपूर्वक यो धर्तीमा मिलीजुली रहनु आवश्यक छ । मनमा लालसा नराख्ने मानिसहरूको खाँचो छ । हिराजस्ता त्यस्ता मानिसको आवश्यकता छ जसले हरेक दिन शान्तिको अपेक्षा गरिरहेको हुन्छ । जसले यो संसारमा शान्तिको चाहना राखेको हुन्छ । उसले आफ्नो हृदयलाई आभारले भर्दछ । त्यसपछि आफ्नो आभारलाई बाहिर प्रस्तुत गर्न चाहन्छ– ‘वास्तवमा हे सृष्टिकर्ता तिमीलाई लाखौँलाख धन्यवाद ! तिमीले मलाई यो अवसर प्रदान ग¥यौ ।’ आफ्नो जीवनलाई धन्य मान्दछ । एक–आपसमा फरक देखाउने कार्य धेरै भयो । यसबाट केही पनि लाभ भइरहेको छैन । मानिसहरू फरक छुट्याउँछन् । यो मेरो हो, यो तेरो हो । सन्त महात्माले ‘यो मेरो हो, यो तेरो हो’ भन्ने चीजलाई नै मायाको संज्ञा दिएका छन् ।

आफ्नो जीवन सफलीभूत भए पनि नभए पनि त्यसका बारेमा चिन्ता गर्न छोडिदिनुहोस् । ईष्र्या गर्न छोड्नुहोस् । ‘ऊ कसरी सफल भयो, म किन हुन सकिन’ भन्ने कुरालाई बिर्सनुहोस् । उनी त तपाईँको हृदयमा बसेका छन् । उनैले सारा सृष्टिलाई सञ्चालन गर्छन् । उनैको दयाले यो श्वास आइरहेको छ र गइरहेको छ । तपाईँलाई अरू के चाहिन्छ र ! सबैभन्दा पहिला त ‘यो श्वासको आउने–जाने प्रक्रिया सम्भव हुनु नै हरेक मानिसका लागि ती सृष्टिकर्ताको आशीर्वाद हो’ भन्ने कुरा बुझ्नु अत्यावश्यक छ । के तपाईँ आफ्नो जीवनमा यस कृपालाई स्वीकार गर्नुहुन्छ या गर्नुहुन्न ? हरेक दिन, हरेक समय अनेकन् चिन्ताभित्र पिल्सिएर त्यो आशीर्वादतिर ध्यानै जाँदैन । तपाईँ जीवित रहेसम्म यो कृपा तपाईँका लागि उपलब्ध रहिरहन्छ । यसर्थ तपाईँ भाग्यशाली हुनुहुन्छ ।

जबसम्म तपाईँ जीवित हुनुहुन्छ, जबसम्म यो श्वास चलिरहन्छ तबसम्म सृष्टिकर्ताको कृपा तपाईँमाथि रहिरहन्छ । तपाईँलाई यो जीवन प्राप्त भएको छ । बाँच्ने अवसर प्राप्त भएको छ । जबसम्म जीवन छ, तपाईँ धेरै कार्य गर्न सक्नुहुन्छ । केवल यो सम्भावनालाई स्वीकार गर्नुहोस् । यस जीवनलाई स्वीकार गर्नुहोस् । आपूmले आपूmलाई चिन्नुहोस्, पहिचान गर्नुहोस् । आपूmभित्र विराजमान त्यो शक्तिलाई चिन्नुहोस् । तपाईँको हरेक श्वाससँगै तपाईँका लागि उनको कृपाको वर्षात् भइरहेको छ । तपाईँ स्वयंलाई चिनेपछि बाँकी सबै सम्भावनालाई पनि स्वीकार गर्न थाल्नुहुनेछ । जुन दिन तपाईँ स्वयंलाई बदल्नुहुनेछ त्यस दिन बाँकी अरू कुरा पनि बदलिनेछन् । तपाईँको जीवन बदलिनेछ । यदि तपाईँ आफ्नो जीवनमा शान्तिलाई अपनाउनुहुन्छ भने यो जीवन त हराभरा हुनेछ । केवल यो सम्भावनालाई स्वीकार गर्नुपर्छ– ‘मलाई यो जीवन प्राप्त भएको छ ।’ म आफ्नो जीवनमा त्यो आनन्दलाई प्राप्त गर्न चाहन्छु । त्यो सुखलाई प्राप्त गर्न चाहन्छु जुन सदैव उपलब्ध भइरहन्छ ।

एउटा कथा छ– धेरै समय पहिलाको कुरा हो । एकपटक भगवान् बुद्ध आफ्ना एकजना शिष्यसँग कतै गइरहेका थिए । त्यस शहरका मानिसहरूले भगवान् बुद्ध र उनका शिष्यलाई देखेपछि सबैले उनीहरूलाई तथानाम गाली गर्न थाले– ‘तपाईँ खराब हुनुहुन्छ । तपाईँ यो गर्नुहुन्न, त्यो गर्नुहुन्न ।’

भगवान् बुद्धका शिष्यले उनलाई सोधे, ‘यत्तिका धेरै मानिसले हजुरका बारेमा गलत कुरा गरिरहेका छन्, भनिरहेका छन् । के यी कुरा सुनेर तपाईँलाई रिस उठ्दैन ?’

त्यसपछि उनले एउटा कचौरा लिएर शिष्यतर्पm सारिदिए । अनि, भने– ‘यो कसको हो ?’
उनका शिष्यले भने, ‘यो हजुरको हो ।’

फेरि उनले अलिकति अभैm सारेर सोधे, ‘यो अब कसको हो ?’

शिष्यले भने, ‘यो अहिले पनि हजुरकै हो ।’

उनले यस्तै गरिरहे अनि सोध्दै गए, ‘यो कसको हो । यो कसको हो !’ शिष्यले भनिरहे, ‘यो हजुरको हो । यो हजुरको हो ।’
अब भने उनले त्यो कचौरालाई ती शिष्यको काखैमा राखिदिए । अनि, भने– ‘अबचाहिँ यो कसको हो ?’

शिष्यले भने, ‘यो अहिले पनि हजुरकै हो ।’

भगवान् बुद्धले भने, ‘एकदम सही कुरा हो ।’ त्यसैले जबसम्म म खराबीलाई अपनाउँदिन तबसम्म यो मेरो हुँदैन ।

यो पनि त्यस्तै कुरा हो– यदि हामीले सृष्टिकर्ताले उपहारका रूपमा दिएका यो जुन जीवन छ, यस उपहारलाई अपनाउँदैनौँ भने यो आफ्नो हुँदैन । यो उपहार त्यतिखेर मात्रै तपाईँको हुन्छ जब तपाईँले यसलाई स्वीकार गर्नुहुन्छ ।

हामी यो संसारमा आएका छौँ । एकदिन हामीले यहाँबाट बिदा लिनुपर्छ । हामी सोच्ने पनि गर्छौं, ‘मैले अहिलेसम्म के गरेँ !’ तथापि, अहिले पनि समय छ, तपाईँ जीवित हुनुहुन्छ अनि तपाईँ सबैथोक गर्न सक्नुहुन्छ । यो जीवन तपाईँको आफ्नो हो । यसमा हरेक किसिमका सम्भावनाहरू उपलब्ध छन् । सम्भावना छ– शान्तिको । सम्भावना छ, आपैmँलाई चिन्ने । यो जीवनलाई सफल तुल्याउने सम्भावना छ ।

यो सृष्टिका रचयितालाई चिन्ने अवसर छ । जो हरेक श्वासका साथमा तपाईँको हृदयभित्र विराजमान छन् । तपाईँ जीवित रहुन्जेलसम्म यो सम्भावना रहिरहन्छ । अतः जुनसुकै समयमा पनि तपाईँ यो जीवनलाई, यो उपहारलाई स्वीकार गर्नका लागि सोच्नुहुन्छ यो त्यही समयमा तपाईँको बन्न पुग्छ । त्यसकारण धेरै ढिलो भएको छैन । केवल के मात्र हो भने– जुन दिन तपाईँ स्वीकार गर्नुहुन्छ यो उपहार तपाईँकै हुन्छ । यसर्थ यो उपहारलाई स्वीकार गर्नुहोस् अनि यस जीवनलाई आनन्दले भरिपूर्ण तुल्याउनुहोस् ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्