‘विद्यालय बन्द गर्ने कर्मचारीलाई कामबाट हटाइने’



काठमाडौँ  ।

 काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले विद्यालय बन्द गर्ने कर्मचारीलाई पदबाट हटाउने चेतावनी दिनुभएको छ । देशभरका सामुदायिक विद्यालयमा काम गर्ने कर्मचारीले भोलि आइतबारबाट विद्यालय बन्द गर्ने निर्णय गरेपछि मेयर साहले उक्त चेतावनी दिनुभएको हो ।

 उहाँले सामाजिक सञ्जालमा ट्विट गर्दै विद्यालय व्यवस्थापन समितिलाई नियमित कक्षा सञ्चालन गर्न र कर्मचारीले कुनै बाधा पु¥याएमा विद्यालय व्यवस्थापन समिति समेत विघटन गर्ने चेतावनी दिनुभएको छ । उहाँले लेख्नुभएको छ– कामपा शिक्षा ऐनको दफा २८ बमोजिम समिति विघटन गर्ने जनाउनुभएको छ ।

 ४ बुँदे निर्देशन दिने क्रममा उहाँले कुनै संस्थाले विद्यालय बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाएर फौजदारि मुद्दा लगाइने र विद्यालय बन्द गरे कामपा शिक्षा ऐन र प्रचलित कानुन अनुसार कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

सरकारले १२ वर्षअघि  अर्थात् २०६८ साल जेठ ११ गने विद्यालयलाई शान्ति क्षेत्र घोषणा  गरिसकेको  छ । विद्यालय शान्ति क्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ को बुँदा नम्बर ६.२ को घ ले विद्यालयमा कुनै पनि दलीय राजनीति र अन्य स्वार्थको लागि बन्द गर्न नहुने निर्णय गरिसेको अवस्थामा अन्य कसैको स्वार्थको लागि विद्यालय बन्द गर्न नहुने उल्लेख गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्