भएन रिटमा बहस- एक युवकद्वारा आत्मदाहको प्रयास



काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरूद्धको रिटमाथि मंगलबार बहस भएन । न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयाँलको इजलासमा परेको सो रिट मुद्दाको ६ नम्बरमा राखिएपछि बहस हुन नसकेको हो। यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि राष्ट्रपति कार्यालयबाट झिकाउन आदेश दिनुका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको जेठ १२ गतेको निर्णय पनि झिकाउन आदेश दिएको थियो। यस विषयमा छलफल गर्न दुवै पक्षलाई मंगलबार बोलाइएको थियो।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उक्त प्रमाणीकरणविरूद्ध सर्वोच्चमा रिट निवेदन दिनुभएको थियो। यसैबीच सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ। अदालतले आलटाल गरेको भन्दै बाबु र आमा नेपाली नागरिक भएपनि नागरिकताविहीन भएका करिब पा“च सय हाराहारीमा रहेका युवाहरूले सर्वोच्चको आदेशविरुद्ध विरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनकै क्रममा मंगलबार एक युवकले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिनुभयो। आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका निरजकुमार कामत रहनुभएको छ। प्रवक्ता रिजालले भन्नुभयो– ‘ती युवकले आफैंलाई पेट्रोल खन्याएर आगो लगाउने प्रयास गरेका थिए, पेट्रोल खन्याउँदा खन्याउ“दै प्रहरीले रोकेको हो, अहिले उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको छ ।’

उहा“का हजुरबुबा र बुबाले जन्मको आधारमा नेपाली नागरिकता लिनुभएको थियो। उहा“का बाबुले २०६४ मा जन्मको आधारमा नेपाली नागरिकता लिएका लिनुभएको थियो। १८ वर्ष पुगेपछि नागरिकता लिने प्रयास गरेका निरज पछिल्लो पा“च वर्षदेखि नागरिकताका लागि आन्दोलनरत थिए।

प्रतिक्रिया दिनुहोस्