स्वास्थ्यमन्त्री बस्नेतद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी



काठमाडौँ ।

बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मंगलबार बिहान मुटुमा समस्या आएपछि भर्ना हुनुभएका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको  स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत  गङ्गालाल अस्पताल पुग्नुभएको छ ।

मन्त्री बस्नेतले अस्पताल प्रशासनसँग  सम्माननीय राष्ट्रपतिको  स्वास्थ्य अवस्थाबारे जानकारी लिदै उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

“नियमित स्वास्थ्य परीक्षणको क्रममा यस सहिद गङ्गालाल हृदय केन्द्रमा आज भर्ना हुनुभएका सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेललाई चिकित्सकको सल्लाह अनुसार चौबिस घण्टा सम्म अवलोकनमा राखी भोलि सम्म डिस्चार्ज गर्ने तयारी रहेको”अस्पतालद्वारा जारी  प्रेस नोटमा भनिएको  छ।

हाल राष्ट्रपति पौडेलको अवस्था सामान्य रहेको जारी प्रेस ओटमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्