प्राचीन पद्धतिकै उपचार प्रभावकारी : महरा 



नवलपरासी।

सामुदायिक  प्राकृतिक चिकित्सालयमा पाइने प्राचीन उपचारपद्धति प्रभावकारी रहेको पूर्वसभामुख कृष्ण बहादुर महराले बताउनु भएको छ ।

पूर्वी नवलपरासीको रजहरमा अवस्थित प्राकृतिक चिकित्सालयमा १२ दिनको आवासीय उपचारपछि घर फर्कन लाग्नु भएका महराले सो भनाई व्यक्त गर्नु भएको हो ।

यहाँको प्राकृतिक चिकित्सालयमा आउने बिरामीलाई प्राचीन पद्धति  पञ्चतत्व उपचार विधि लगायत याेगध्यान प्राणायाम र प्राकृतिक आहार प्रदान गरिन्छ ।
महराले भन्नु भयो यस अघि स्वदेश तथा विदेशका अस्पतालहरूमा उपचार गराएँ, तर प्राकृतिक चिकित्सालयको उपचार छोटै समयमा प्रभावकारी रहेको अनुभूति भएको छ  ।

मैले १२ प्रकारका ओषधि सेवन गर्दै आएको थिएँ अहिले यहाँको उपचार पद्धति,योग ध्यान र आहारले एउटा मात्र ओषधि लिए पुग्ने स्वस्थ्यता मिलेको छ महराले भन्नू भयो ।

महराले अस्पतालबाट बाहिरिँदै गर्दा सामुदायिक चिकित्सालय रजहरलाई जनताको अस्पताल बनाउनु पर्ने बताउनु भयो ।महराले भन्नु भयो- यसलाई सरकारी वा निजीकरणमा नलगी सरकारकाे सहयोगमा जनस्तरबाटै सञ्चालन गर्नु आवश्यक छ ।यहाँ उपचारका लागि आउनु भएका सर्वसाधारण बिरामीहरूसँग मैले १२ ओं दिन बिताए,सँगै बसे, राेगका लक्षण र प्रकृतिबारे सोधिखोजी गरेँ, अस्पतालले तय गरेका नियमहरूलाई पालन गरेकैले आफूलाई अद्भुत आराेग्यता प्राप्त भएको महराले बताउनु भयो ।

साथै महराले समुदाय स्तरबाट संचालित यस चिकित्सालयको  विकास, स्थायित्व तथा व्यवस्थापनले अगाडि बढाएका लक्ष्य प्राप्तिका लागि संघ प्रदेश लगायत सरकारकाे ध्यानाकर्षण गर्न आफू लागि पर्ने बताउनु भयो ।

सोही अवसरमा अस्पतालका निर्देशक डा. विनोद पौडेलले चिकित्सालयको नियममा रहेर उपचार गरेकै कारण पूर्व सभामुख महराको स्वास्थ्य स्थिति  र  प्रयोगशाला परीक्षण सबै नर्मल रहेको बताउनुभयो ।

 १२ दिनको बसाइँमै महराको शारीरिक तौलमा ४ किलाेले कमी आएको बताइ एको छ।

 चिकित्सालयका निर्देशक डा.पाैडेल विशेष गरी हरेक राजनीतिज्ञहरूले आफ्नो खान पान र जीवनशैली सुधार र तनाव न्यूनीकरणका लागि प्राकृतिक  चिकित्सालयको सेवा लिनु पर्ने बताउनुहुन्छ ।

बि.सं.२०६४ सालमा स्थानीय जनसमुदायको पहलमा धनधान्याचल गरी  स्थापना भएको सामुदायिक प्राकृतिक चिकित्सालय रजहर यहाँको कुशल व्यवस्थापन र स्वास्थ्यकर्मीहरूकाे सेवाभावले कोरोना कालका साथ साथै  हरेक प्रकारका जटिल  बिरामीको जीवन रक्षा स्थल साबित भएको स्थानीयहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्