राष्ट्र रुँदा



शिर झुकी राष्ट्र रूँदा भाषा रुँदो रैछ
गीत गाउने गला पनि सुस्ताउँदो रैछ
राष्ट्रियता हराउँदा मन रुँदो रैछ
सिर्जनाको हृदयमा पीडा हुँदो रैछ
बलिदानी गीत पनि बज्न छोड्दो रैछ
गायनको झङ्कारले राग तोड्दो रैछ
पहिचान गुम्दा मान्छे मूर्ति बन्दो रैछ
भ्रष्ट देशघातीसँग द्वेष बढ्दो रैछ
देश आफैँ बिउँझिएर मुक्ति खोज्दो रैछ
राष्ट्रप्रेमी चेतनाले जुक्ति खोज्दो रैछ ।

प्रतिक्रिया दिनुहोस्