प्युठान।
प्युठानकाे भिंगृमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । स्वर्गद्वारी दर्शन गरेर दाङकाे लमही फर्किँदै गरेका लु १ च ६३४५ नम्बरको जिप भिंगृमा सोमबार दुर्घटनामा परेको थियो।
जिपमा दुई जना पुरुष, दुई जना महिला र चारजना बालबालिका गरी आठ जना सवार थिए।
दुर्घटनामा घाइते आठ जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बिजुवार लगिएकाे थियो। तर ती सबैको ज्यान गएको हो जिल्ला प्रहरी कार्यालय प्युठानले जानेको छ।












प्रतिक्रिया