गोली हानी लागुऔषध कारोबारी पक्राउ



????????????????????????????????????

काठमाडौं । राजधानीमा लागुऔषधको सञ्जाल बिस्तार गरेर अवैध कारोबार गर्दै आएका एक कारोबारीलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोली र लागुऔषध कारोबारीबीच घम्साघम्सी भएपछि प्रहरीले घुडामुनि गोली हानेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैबाट पक्राउ गरेको थियो ।

भारबाट विभिन्न नाकाबाट लागुऔषध नेपाल भित्र्याएर राजधानीका विभिन्न समूहलाई बिक्रीवितरण गर्दै आएका विकास भगतलाई प्रहरीले पक्राउ गरेको हो । भगतले नेपालमा लागुऔषधको कारोबारमा संलग्न रहेको जानकारी पाएको प्रहरीले खोजी गर्ने कामलाई तीव्र बनाएको थियो ।

लागुऔषध कारोबारी भगत काठमाडौं आउँदै गरेको सूचना पाएको प्रहरीले उनको पिछा गर्ने क्रममा विमानस्थल नजिकै रहेको एउटा चिया पसलमा लागुऔषधको डिल गरिरहेको अवस्थामा पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ ।

प्रहरीले उक्त सञ्जालको खोजी गर्ने क्रममा यसअघि २ जनालाई पक्राउ गरी कारबाही अघि बढाएपछि भगतको बारेमा सूचना संकलन गरेको थियो । ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीका अनुसार भगत काठमाडौं आउँदै गरेको सूचना पाएपछि प्रहरीको टोलीले पिछा गरेको थियो । विराटनगरबाट काठमाडौं आएको सूचना पाएको प्रहरीले भगतको पिछा गर्ने क्रममा प्रहरीलाई नै आक्रमण गरेपछि प्रहरीले घँुडामुनि गोली प्रहार गरेको थियो ।

विमानस्थलबाट निस्किएपछि भगत गौशाला जाने बाटोतिर लाग्नासाथ प्रहरीले उनको बारेमा थप सूचना संकलन गरेको थियो । भगत एउटा होटलमा प्रवेश गरेपछि प्रहरी पनि सोही होटलमा प्रवेश गरेको थियो ।

उक्त होटलमा भगतले अर्का कारोबारीलाई सामान दिन लागेको बेला प्रहरीले उनलाई पक्राउ गर्न खोजेको थियो । तर, भगतले प्रहरीसँग प्रतिकार गर्न खोजेपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको थियोे । त्यसक्रममा उनले प्रहरीकै हतियार खोसेपछि अर्का प्रहरीले उनीमाथि गोली प्रहार गरेको प्रवक्ता जोशीले जानकारी दिनुभयो ।

प्रहरीको गोली प्रहारबाट घाइते भएका उनको सिनामंगलस्थित काठमाडांै मेडिकल कलेजमा उपचारका लागि लगिएको उहाँले जानकारी दिनुभयो । उनको साथमा १ सय ग्राम अवैध लागुऔषध ब्राउन सुगर बरामद गरेको थियो ।

लामो समयदेखि लागुऔषधको कारोबार गर्दै आएका भगतले सुनसरीको धरानमा तरकारी पसल सञ्चालन गरेका थिए । तरकारी सञ्चालनकको रूपमा रहेका भगतले भने भारतबाट लागुऔषध ल्याएर काठमाडौंमा आपूर्ति गर्ने गरेको भेटिएको ब्युरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्