प्रतिनिधि सभाको बैठक बस्दै, आज पनि बजेटमाथिको छलफल जारी रहने



काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

संघीय संसद् भवन, नयाँबानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ ।

आज बस्ने बैठकमा आर्थिक बर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल जारी रहनेछ ।

गत जेठ १५ गते अर्थमन्त्री प्रकाशशरण महतले पेश गरेको बजेट माथि पछिल्ला दिनमा छलफल निरन्तर चलिरहेको छ ।

हालसम्म उक्त बजेटमा १ सयभन्दा बढी प्रतिनिधि सभाका सदस्यले धारणा राखिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्