एकीकृत समाजवादी भक्तपुरको अध्यक्षमा डा. कोजू


भक्तपुर । 

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको भक्तपुर नगरको अध्यक्षमा डा. राजेन्द्र कोजू निर्वाचित भएका छन् । पार्टीको शनिबार भक्तपुरमा भएका पहिलो नगर अधिवेशनले डा. कोजूको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

निर्वाचित कार्यसमितिको उपाध्यक्षमा जनु न्हेमाफुकी, सचिवमा रामकृष्ण छुस्याबाग, निर्वाचित भए । त्यस्तै सदस्यहरूमा अनिता जति, रश्मि श्रेष्ठ, सुनिता महर्जन चगुठी, श्यामा नायभालगायतका छन् ।

अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय उपमहासचिव गंगाराम तुलाधरले गरेका थिए ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं जिल्ला संयोजक धु्रबराम विष्ट, पुराना कम्युनिष्ट नेता न्हुछेबहादुर ढुकुछू, पार्टी जिल्ला अध्यक्ष श्याम बस्नेतलगायतले पार्टीलाई भक्तपुरको पहिलो पार्टी बनाउने योजनाका साथ अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।