राष्ट्रिय सभामा जेठ ७ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल


काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा राष्ट्रिय सभाको बैठकमा तीन दिनसम्म छलफल हुने भएको छ ।

बिहीबार बसेको कार्य व्यवस्था समितिको बैठकले सरकारका नीति तथा कार्यक्रममाथि तीन दिनसम्म छलफल गर्ने निर्णय भईसकेको छ । जसअनुसार जेठ ७ गतेदेखि सरकारका नीति तथा कार्यक्रममाथि छलफल शुुरू हुनेछ ।

राष्ट्रिय सभाको बैठकमा तीन दिन अर्थात् जेठ ७–९ गतेसम्म छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डसँग जेठ ९ गते नै त्यसको जवाफ मागिने पनि निर्णय कार्य ब्यवस्था समितिले गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाका प्रेस सल्लाहकार दुर्गा उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।