टेलिकमले भारत र थाइल्यान्डको महशुल घटायो



काठमाडौं, (नेस) । सूचना प्रविधि दिवसरका अवसरमा नेपाल टेलिकमले भारत र थाइल्यान्डमा प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर घटाएको उल्लेखनिय रुपमा कमी गर्ने भएको छ ।

बुधबारदेखि लागू हुने नया“मा नेपाल टेलिकमबाट भारतका कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट ७ रुपिया“ मात्र शुल्क लाग्नेछ । त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउ“दा प्रतिमिनेट ७ लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस ७ रुपिया“ नै लाग्ने छ ।

हाल भारतको कुनै नम्बरमा कल गर्दा ३० रुपिया“ अन्य नम्बरबाट आएको कल उठाउ“दा १४ र एसएमएस गर्दा २४ रुपिया“ लाग्ने व्यवस्था छ ।

त्यसैगरी थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रतिमिनेट ५० रुपिया“ मात्र लाग्ने छ । त्यसैगरी आएको कल उठाउ“दा प्रतिमिनेट २५ रुपिया“ र एसएमएस गर्दा प्रतिएसएमएस १० रुपिया“ लाग्ने छ ।

हाल कुनै नम्बरमा कल गर्दा १३५ रुपिया“ र अन्य नम्बरबाट आएको कल उठाउ“दा ९० रुपिया“ लाग्ने व्यवस्था छ । एसएमएस गर्दा प्रति एसएमएस ३४ रुपिया“ लाग्दै आएको छ

त्यसैगरी डाटा चलाउ“दा हाल प्रतिएमबी ४० रुपिया“ शुल्क भएकोमा अब प्रति १०० केबी शून्य ४९ पैसा मात्र लाग्ने छ । यस अनुसार प्रति एमबी करिव ५ रुपिया“ मात्र लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्