रेशम चौधरीलाई जन्मकैदको फैसला सदर



काठमाडौं । पूर्व सांसद रेशम चौधरीलाई जन्मकैद हुने उच्च अदालतको फैसला सर्वोच्च अदालतले सदर गरिदिएको छ । मंगलबार सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई जन्मकैद हुने उच्च अदालत दिपायलको फैसला सदर गरिदिएको हो ।

उक्त मुद्दाका आरोपित सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सर्वोच्चले सफाइ दिएको छ । लक्ष्मण थारुलाई शुरू अदालत (जिल्ला अदालत कैलाली) को फैसला सदर भएको छ । उच्च अदालतले लक्ष्मण थारुलाई ५ वर्ष कैद सजाय सुनाएकोमा सर्वोच्चले त्यसलाई बदर गर्दै ३ वर्ष कैद हुने शुरू अदालतको फैसला सदर गरेको हो ।

वि.सं. २०७२ मा संविधानको पहिलो मस्यौदा जारी भएपछिको हिंसाका क्रममा टीकापुरमा प्रहरीका उच्च अधिकारी र नाबालकसहित ७ जनाको हत्या भएको थियो । सोही प्रकरणको मुद्दामा कैलाली जिल्ला अदालत, उच्च अदालत पाटन हुँदै सर्वोच्चबाट अन्तिम फैसला भएको हो ।

प्रतिक्रिया दिनुहोस्