नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदै



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव टोपबहादुर रायमाझीलाई अदालतमा उपस्थित गराइने भएको छ । आज (सोमबार) उनलाई अदालतमा उपस्थित गराइने भएको हो ।

पक्राउ पुर्जी जारी भएको झन्डै ११ दिनपछि पक्राउ परेका रायमाझीलाई आज अदालतमा उपस्थित गराइने छ । उनलाई (हिजो) आइतबार राति प्रहरीले काठमाडौं बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

रायमाझीलाई म्याद थपका लागि अदालत लगिने प्रहरीले जनाएको छ । शरणार्थी प्रकरणमा संलग्न रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरूद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्