पूर्वसांसद शर्पाको खोजीकार्य तीव्र, मोबाईल अफ



काठमाडौं । नेपाली कांग्रेसका पूसांसद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोपमा संलग्न रहेको आरोपमा आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

प्रहरी उच्च अधिकारीका अनुसार सो घटनामा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न प्रहरी कार्यालय पुगेका शेर्पामाथि थप अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो ।

उनलाई पक्राउ गर्नका लागि शुक्रबार नै जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिईएको छ । तर, शेर्पा सो घटना सार्वजनिक भएपछि मोबाईल अफ गरी बेपत्ता भएका छन् । उनको प्रहरीले शुक्रबारदेखि नै खोजी गरे पनि अझैसम्म फेला पार्न सकेको छैन ।

सो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाँणको नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्