मौसम पूर्वानुमान : शक्तिशाली मोखा चक्रवातको प्रभाव, देशभर बदली र हल्का वर्षाको सम्भावना



काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बंगालको खाडीमा विकसित भइरहेको “मोखा” नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन ।

कँडेलका अनुसार उक्त चक्रवात उत्तर–उत्तर–पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने देखिन्छ ।

अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीरही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको उक्त महाशाखाले बताएको छ । यद्यपि गण्डकी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज (आइतबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीरही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीरही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश तथा गण्डकी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्