देशको साझा शत्रु भनेकै भ्रष्टाचार हो, सबै दल मिलेर यसको जरो उखेल्नु पर्छ : सभापति लामिछाने

देशका भ्रष्टाचारीहरु धमाधम भाग्न थाले



भक्तपुर ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको साझा शत्रु भनेकै भ्रष्टाचार भएकाले सबै दल मिलेर यसको जरो उखेल्नु पर्ने बताउनुभएको छ । आज भक्तपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी सूर्यविनायक नगर समिति गठन कार्यक्रममा बोल्दै उहाँले सरकारले भ्रष्टाचारी बिरुद्धको कदम सुरु गरेसँगै देशका भ्रष्टाचारीहरु धमाधम भाग्न थालेको बताउनुभयो ।

सभापति लामिछानेले भन्नुभयो, “पहिलानै भ्रष्टाचार विरुद्ध काम गरेको भए अहिले  काण्डै काण्डको खात लाएर बस्नु पर्दैनथ्यो, सरकार अहिले कस्सिएर लागेको छ, अब कुनै पनि काण्ड आउँदो पुस्ताका लागि हस्तान्तरण गर्ने होइन, सबै काण्ड सिद्ध्याएर दोषी सबैलाई जेल हाल्ने हो, यदि सरकार यसबाट पछि हट्यो भने नयाँ पार्टी र जनताले छाड्दैनन् ।”

“हिजो हवाई चप्पल लगाएर आएकाहरु आज हजाई जहाज नभई हिँड्दैनन्, सरुवा बढुवामा समेत पैसा खाएर गरिबको पसिना चुस्नेलाई जेल हाल्नै पर्छ, भ्रष्टाचारी कोको हुन् सबैलाई थाहा छ, सभापति लामिछानेले भन्नुभयो,सबैका बैंक एकाउन्ट, खाता, फोन, उनीहरुको आफन्तका खाता, घर, खानतलासी गर्न गरौँ, उनीहरुको पहिला र अहिलेको परिवर्तनका आयस्रोत खोज्न सरकारले खुट्टा नकमाओस् ।

पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलले जनताको पक्षमा काम गर्दै गए सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने प्रतिपक्षको रुपमा उभिने बताउनु भयो ।सभापति लामिछानेले भन्नुभयो, “प्रधानमन्त्रीलाई मैले हिजो बालुवाटारमा गएर भेटेको छु, मैले उहाँलाई हौसला दिएर आएको छु, भ्रष्टाचारका सबै फाइल एक पछि अर्को खोल्नुस्, जुनसुकै दलका नेता परेपनि जोगाउँन नलाग्नुस्, दोषी माथि कारबाही गर्नुस्, हाम्रो पार्टी नागरिकको पक्षमा काम गरे सहयोग गर्छौँ ।”

सरकारलाई दोषीलाई कारबाही गर्न र पक्राउ गर्न खट्टा नकमाउन आग्रह गर्दै नक्कली भुटानी शरणार्थी काण्डमा सरकारलाई धन्यवाद दिएको र वाइडबडी, यति, ओम्नीलगायतका सबै काण्डहरुको फाइल खोल्दै गए धन्यवाद दिँदै जाने र सहयोग गर्दै जाने बताउनुभयो । तीन दिनका शीर्ष नेता सुटुक्क बसेर भ्रष्टाचार काण्डलाई विषयान्तर गर्न खोजेर दोषीलाई उन्मुक्ति दिन खोजे जनतालाई साथमा लिएर त्यसका विरुद्ध घण्टी बजाउँछौँ उहाँले भन्नुभयो ।
यहाँले गत मंसीर ४ गतेबाटै भ्रष्टाचार विरुद्ध घण्टी बजाएर निस्केको बताउदै राज्यसत्ताको दुरुपयोग, गुण्डागर्दी र पैसा बाडेर नभई जनताको मन जितेर आमनागरिकले खोजेको परिवर्तन पुरा गर्न यो पार्टी अगाडि आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चुनावमा लामो इतिहास बोकेका पार्टीदेखि सबै मिडिया हाम्रा विरुद्ध लागे तर जनताले साथ दिए, हामी घण्टी मात्रै बजाएर आएका थियौ, तर यिनीहरुको मनमा ढयाङ्ग्रो बज्न थालेको छ, त्यसैले भ्रष्टाचारीहरुको एक एक हिसाव नलिई घण्टीको आवाज रोकिन्न ।”

“पहिलानै भ्रष्टाचार विरुद्ध काम गरेको भए अहिले  काण्डै काण्डको खात लाएर बस्नु पर्दैनथ्यो, सरकार अहिले कस्सिएर लागेको छ, अब कुनै पनि काण्ड आउँदो पुस्ताका लागि हस्तान्तरण गर्ने होइन, सबै काण्ड सिद्ध्याएर दोषी सबैलाई जेल हाल्ने हो, यदि सरकार यसबाट पछि हट्यो भने नयाँ पार्टी र जनताले छाड्दैनन् ।”

व्यक्तिगत स्वार्थ र फाइदा लिन्छु भनेर गलत मनसाय राखेर आउने जोकोही व्यक्तिलाई आफ्नो पार्टीका कुनै स्थान नरहेको भन्दै उहाँले त्यस्तो कुनै पनि गतिविधि थाहा पाए तत्कालै पार्टीबाट निस्कासन गर्ने र त्यसको उदाहरण सांसदलाई समेत गरेको कारबाहीबाट देखिएको बताउनुभयो ।

कार्यक्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सबै पार्टी मिलेर राजनीतिलाई शुद्धीकरण गर्नु पर्ने औल्याउदै नेताले भ्रष्टाचार गरेर नियतवश जनतालाई गरिब बनाएको आरोप लगाउनु भयो । नेताको स्वार्थ र खुसीका लागि देश बिगार्न पाइदैन भन्दै उहाँले २०८४ सालको चुनाबसम्ममा भक्तपुरमा अरु पार्टी नरहने दाबी गर्नुभयो ।

कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले जनताले जिताएर पठाएको भोलिपल्टै आफूलाई राजनेता ठान्ने र ठूला महल खोज्ने प्रबृत्तिले भ्रष्टाचार मौलाएको बताउनुभयो । उहाँले भ्रष्टाचारको प्रत्येक फाइल खोल्दै देशको ढुकुटी रित्याउने जोकोहीलाई कारबाही गर्ने गरी सुरु भएको भ्रष्टाचार विरुद्धको अभियानलाई पूर्णता दिन घरघरबाट उठ्नु पर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति एवं रास्वपाका भक्तपुर संयोजक रामेश्वर बस्नेतले नयाँ पुस्तालाई पार्टीको नगर समितिको जिम्मेवारी दिने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्