परराष्ट्र मन्त्री एनपी साउद बेलायत प्रस्थान



काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउद बेलायत प्रस्थान गरेका छन् ।

उनी आज (बिहीबार) ११ बजे बेलायतका राजाको राज्याभिषेक समारोहमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।

हिजो बुधबार मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मन्त्री साउद बेलायत जाने कार्यक्रम स्वीकृत गरेको थियो ।

परराष्ट्र मन्त्री साउद वैशाख २६ गते स्वदेश फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस्