सुडानबाट ८ नेपाली फर्के, थप ५ जना फर्कंदै



काठमाडौं । द्वन्द्वग्रस्त सुडानबाट साउदी अरेबियाको जेद्दा शहरमा पु¥याइएका १९ जना नेपालीमध्ये ८ जना एयर अरेबियाको उडानबाट बुधबार काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार बिहीबार जेद्दाबाट थप ५ जनाजजिरा एयरवेजको उडानबाट काठमाडौं आइपुग्नेछन् ।

मन्त्रालयले सुडानमा अलपत्र परेका नेपाली नागरिकको सुरक्षित उद्धारको प्रयास जारी रहेको जानकारी दिँदै १९ मध्ये छ जना भने रोजगारदाता कम्पनीको प्रबन्धमा दुबईस्थित सोही कम्पनीको शाखामा रहने बताएको छ ।

कायरोस्थित नेपाली दूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई पानी जहाजबाट गत आइतबार साउदी अरेबिया सरकारको सहयोगमा जेद्दा पु¥याइएको थियो ।

नेपाली दूतावाससँग सम्पर्कमा रहेका बाँकी ११ जना नेपालीमध्ये ५ जनापोर्ट सुडानतर्फ प्रस्थान गरिसकेको, एक जनालाई खार्तुमबाट पोर्ट सुडान पु¥याउने प्रयास भइरहेको, तीन जनालाई रोजगारदाता कम्पनीको सहयोगमा पोर्ट सुडान पुगी स्वेच्छाले त्यहाँस्थित एक होटेलमा बसेको र दुई जनालाई रोजगारदाता कम्पनीले खार्तुमबाट इजिप्टको सीमाना नजिकैको सुरक्षित स्थानमा लैजाने व्यवस्था मिलाएको नेपाली कायरोस्थित दूतावासले जनाएको छ ।

संघीय मामिलातथा सामान्य प्रशासन मन्त्रालयको मुख्य विजनेश नै संघीय निजामती सेवा ऐन ल्याउनु हो ।

संविधानको धारा ३२ मा संघ, प्रदेश र स्थानीयतह बीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने जनाइएको छ । सोही संवैधानिक व्यवस्थाअनुसार संघीय निजामती सेवा ऐन संघ, प्रदेश तथा स्थानीयतह बीचप्रत्यक्ष सम्बन्ध र समन्वय रहने गरि ल्याउनु पर्ने सुझाव विज्ञहरूको छ ।

प्रतिक्रिया दिनुहोस्