पृथ्वी राजमार्ग अन्तर्गत नौबीसे-मुग्लिन सडक खण्ड अवरुद्ध


धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत नौबीसे–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।

जिल्लाको नगरपालिका–६ स्थित गणेश खोलामा गएको पहिरोको कारण उक्त सडक खण्ड अवरुद्ध भएको हो ।

हिजो (सोमबार) बेलुकी करिब साढे ६ बजे गएको पहिरोका कारण नौबीसे–मुग्लिन सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

पहिरो पन्छाउन हिजोदेखि नेपाली सेनाको फौज खटेको छ । सडक विभागको समन्वयमा हिजो रातभर करिब १० फिट तलबाट ग्याविन वायर लगाएर माटो तथा ढुंगा भर्ने कार्य भइरहेको छ ।

सडक अवरुद्ध भएसँगै यातायात आवतजावत छप्प भएको छ भने हजारौँ यात्रु अलपत्र परेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।