गोदावरीबाट लागूऔषधसहित चौधरी पक्राउ


धनगढी

कैलालीको गोदावरीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका–५ बाट एक ग्राम ८६० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–११ का अर्जुन चौधरी पक्राउ परेका हुन् ।

धनगढीका २६ वर्षीय अर्जुन गोदारीबाट शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चालक चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।