काठमाडाैं र झापाबाट बलात्कार आराेपमा २ जना पक्राउ


काठमाडौं । 

काठमाडाैं र झापाबाट बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं स्वयम्भू बस्ने ३७ वर्षीय कर्मा घलेलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घलेले ती किशोरीलाई काठमाडौं बौद्ध तिनचुलीस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

२५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाकाे गौरादह नगरपालिका-६ बिरबल चोक बस्ने ५१ वर्षीय देव कुमार ताजपुरीयालाई  प्रहरीले पक्राउ गरेको छ । ताजपुरीयाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कोहबराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।