६ लाख भन्दा बढीको लत्ताकपडासहित ४ वटा मोटरसाईकल नियन्त्रणमा


सुनसरी ।

जिल्लाको हरिनगर गाउँपालिका ५ मारिया खोला ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीले करीव ६ लाख ७९ हजार रुपैयाँ बराबरको लत्ताकपडा सहित ४ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ ।

को १२ प ९०४, को ६ प ७७२१, प्रदेश १–०२–०४५ प ५२ र को १५ प ९१५५ नम्बरको मोटरसाईकलमा अबैध रुपले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज (विओपी कप्तानगंज) ले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएको लत्ताकपडा तथा मोटरसाईकल सुनसरी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।