सडेको अवस्थामा एक पुरुषको शव फेला



काठमाडौँ। 

भक्तपुरको चाँगुनारायण नगरपालिका–५ खरिपाटीस्थित सेतीदेवी  सामुदायिक जंगलमा एक पुरुषको शव भेटिएको छ ।

अन्दाजी ४०/४५ वर्षको पुरुषको शव झुन्डिएको अवस्थामा भेटिएको भक्तपुरका एसपी प्रजित केसीले जानकारी दिए । उनका अनुसार हरियो डोरीको पासोमा ती पुरुषको टाउको रुखमा झुन्डिएको अवस्थामा भेटिएको हो ।

शरीरको भाग भने सडेको अवस्थामा भुईँमा भेटिएको छ। घाँटीको भाग सडेर चुँडिएपछि भुईँमा खसेको हुनसक्ने आशङ्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्