वैदेशिक ठगी आरोपमा एक जना पक्राउ



काठमाडौं।

जरबैजानमा मासिक सात सय डलर तलब हुन्छ भन्दै कमलप्रसाद भण्डारीलाई ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ लमहीका भिमकुमार सुनार रहेको प्रहरीको भनाइ छ ।

सुनारले भण्डारीसँग ८ लाख ५० हजार लिएर अजरबैजान पुर्याई पाँच महिना अलपत्र पारेर ठगी गरेको आरोप छ । अजरबैजानबाट फर्किएपछि भण्डारीले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए ।

उक्त उजुरी उपर अनुसन्धानका लागि सुनारलाई पक्राउ गरिदिन विभागले मानव बेचबिखन अनुसन्धान ब्यूरोमा पत्राचार गरेको थियो । उक्त पत्रका आधारमा सुनारलाई पक्राउ गरी विभागको जिम्मा लगाइएको जानकारी ब्यूरोका प्रवक्ता एसपी कृष्णप्रसाद पंगेनीले दिए ।

प्रतिक्रिया दिनुहोस्