बैष्णोदेवी माता मन्दिरको १२ औं वार्षिक उत्सव सम्पन्न



काठमाडौं ।

काठमाडौं महानगरपालिका–२० मरु छ्वासपाखास्थित माँ बैष्णोदेवी माता मन्दिरको १२ औं वार्षिक उत्सव सम्पन्न भएको छ । मन्दिरमा हवन, यज्ञ, पुरा र रुद्री पाठगरी मन्दिरका वार्षिक उत्सव मनाइएको छ ।

मन्दिर निर्माण तथा संरक्षण समितिका संयोजक डिल्ली खड्गीले मन्दिर स्थापना भएको १२ वर्ष पुगेको अवसरमा पुजापाठ, रुद्री एवं हवन आयोजना गरेको जानकारी दिनुभयो । उहाँका अनुसार हरेक वर्ष बैशाख १३ गते मन्दिर स्थापना भएको वार्षिक उत्सव मनाइरहेको छ ।

मन्दिर परिसरमा शिव, पञ्चमुखी हनुमान, चैत्य, भगवान बुद्धको मुर्ति स्थापना गरिएको छ । वार्षिक उत्सव कार्यक्रममा स्थानीय भक्तजन, टोल समितिका पदाधिकारी, मन्दिर संरक्षण समितिका पदाधिकारी लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्