भुगोलबाट टाढा रहेपनि नगरले उच्च प्राथमिकतामा राखेको रमुवामा प्रसुति गृहको उद्घाटन



गलकोट ।

बागलुड जिल्ला गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानीको रमुवास्थित शहरी स्वास्थ्य केन्द्रमा एक समारोहकाबिच प्रसुति गृहको उद्घाटनगरिएको छ ।

गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेद्वारा उद्घाटन गरिएको प्रसुति गृह सन्चालनमा आउँदा पहिले सिटामोल लिन समेत महड्गो मूल्यतिरेर पाण्डवखानी तथा हटिया बजार जानु पर्ने बाध्यता रहेको यो दुर्गम ठाउँमा प्रसुति गृह स्थापना भई स्वास्थ्य सुविधा उपलव्ध हुने कुरालेयहाँका जनतामा खुशि र उत्साह थपिएको निवर्तमान वडा अध्यक्ष तिलक घर्तीले बताएका छन् ।

गलकोट नगर अस्पतालका प्रमुख डा। राजेशपौडेलले यहाँका गर्भवती दिदीबहिनी उपचारबाट वन्चित हुनु नपर्ने, ढुक्कसँग यस प्रसुति गृहमा सुत्केरी हुन सक्ने राम्रो अवसर प्राप्त भएको रयसलाई अबलम्वन गरि असुरक्षित रुपमा घरमै सुत्केरी हुने अवस्थालाई शून्य बनाउनु पर्ने बताएका थिए ।

प्रसुति गृहका लागि आवश्यक उपकरण सहयोग गरेको विवाईसिका अध्यक्ष मणिभद्र शर्माले गाउँगाउँमा स्वास्थ्य सुविधा पूर्याउने हाम्रो अभियानलेमूर्त रूप लिंदै गएको र अबका दिनमा सुत्केरी व्यथा लागेकै कारण बाटोमा अकाल मृत्यु हुने अवस्था अब नआउने धारणा राखेका थिए ।

नगरप्रमुख गैरेले रमुवा भुगोलबाट टाढा रहेपनि नगरपालिकाबाट सेवा सुविधा प्रवाह गर्ने क्रममा सदैव उच्च प्राथमिकतामा रहेको र भुगोलकै कारणसंवैधानिक अधिकारबाट वन्चित हुनु हुँदैंन भन्ने मान्यता अनुसार यहाँ प्रसुति गृहको सन्चालन गरिएको बताए ।

त्यस्तै सुत्केरी अवस्था अत्यन्तैसंवेदनशील विषय भएकाले संयमता अपनाउनुपर्ने, जटिल अवस्था आएमा नगर अस्पताल र परिस्थिति अनुसार हेलिप्याडको माध्यमबाट पोखरालगि सफल उपचारको लागि विगतमा पनि अभ्यास भएको र आगामी दिनमा पनि पनि गरिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

२०७५ सालमा गलकोट नगरपालिकाको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा भवन निर्माण गरि स्वास्थ्य सेवा प्रवाह हुँदै आएको यस शहरीस्वास्थ्य केन्द्रमा १ अ.हे.ब. र १ अ.न.मी.को व्यवस्थापन नगरपालिकाले गरेको र हालसम्म नगरपालिकामा ९ वटा प्रसुति गृह सन्चालन गरेकोसामाजिक विकास समितिका संयोजक हिम ब। भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्