पैरे खोलामा कोशी प्रदेश सभा सदस्य सुनुवारको पहलमा मोटर पुल बन्ने



ओखलढुंगा ।

ओखलढुंगाकाे पैरे खोलामा पक्की मोटर पुल बन्ने भएको छ । जिल्ला कै पेचिलो रजनीतिक दाउपेच बनेको पैरेखोलामा कोसी प्रदेश सभा सदस्य प्रदीप कुमार सुनुवारको पहलमा पक्की मोटर पुल निर्माण हुने भएको छ ।

नेपाली काँग्रेस ओखलढुंगाका सभापति तेजन खनालको प्रस्तावमा तत्कालीन प्रदेश एकका भौतिक योजना मन्त्री हिमाल कार्कीले ३० लाख बजेट विनियोजन गरेका थिए । बजेट विनियोजन भए पनि पुल निर्माणका लागी ३० लाख बजेट अति न्यून रहेकाले पुल निर्माणका लागी ठेक्का खुल्न सकिरहेको थिएन ।

प्रदेश सभाको निर्वाचनमा ओखलढुंगाको प्रदेश सभा (क)बाट आफू निर्वाचित भए सँगै संसद् सुनुवार पुल निर्माणका लागी बजेट थप गर्न लागी परेका थिए ।

संसद् सुनुवारको पहलमा कोसी प्रदेश अर्थ मन्त्रालयबाट रु ३ करोड ५१ लाख रकम सहित बहुबर्षीय ठेक्काका लागी स्वीकृत बजेटको सिलिङ प्राप्त भए पछि पूर्वाधार विकास कार्यालय ओखलढुंगाले टेन्डर अवहान गरे सँगै पुल निर्माण हुने सुनिश्चित भएको छ ।

बर्षौ देखि ओखलढुंगाको राजनैतिक दाउपेच बनिरहेको पैरे खोलामा मोटर पुल निर्माण भएमा जिल्लाको पश्चिमी भेगका नागरिक लाभावन्धीत हुने छन् ।

हेर्दा सुख्खा पानी नभएको खोल्सी देखिएता पनि वर्षा याममा लेदो बगेर आवत जावत गर्नेले निकै समस्या भोगी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्