बढुवा भएका १३ जना डीआईजीको पदस्थापन



काठमाडौं । नेपाल सरकार गृह मन्त्रालयले नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका १३ जनाको पदस्थापन गरेको छ ।

पदस्थापन अनुसार डीआईजी चन्द्रकुवेर खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको प्रहरी महाशाखा प्रमुख, मधेश प्रदेश प्रहरी प्रमुखमा जनक भट्टराई, कोशी प्रदेश प्रहरी प्रमुखमा राजेशनाथ बाँस्तोला र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखमा भरतबहादुर बोहराको पदस्थापन भएको छ ।

यस्तै डीआईजीहरु विष्णुकुमार केसीको नेपाल प्रहरी प्रधान कार्यालय, अन्वेषण योजना तथा विकास निर्देशनालय, रविन्द्र केसीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, लालमणि आचार्यको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी,सुरेन्द्र प्रसाद मैनालीको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध अनुसन्धान निर्देशनालय नक्साल, काठमाडांै, अर्जुन चन्द ठकुरीको साइबर ब्यूरो भोटाहिटी काठमाडांै, यज्ञ विनोद पोखरेलको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्ज काठमाडौं र विकाश राज खनालको नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग निर्देशनालय नक्साल काठमाडौमा पदस्थापन भएको छ ।

प्रतिक्रिया दिनुहोस्