तनहुँ-१ : स्वर्णिमको अग्रता कायमै, सर्वेन्द्र ७, भट्टराई ५ हजार मतान्तरले पछाडि


तनहुँ, ११ बैशाख । तनहुँमा जारी मतगणनामा एमालेका सर्वेन्द्र खनाल झन्डै ७ हजार मतले पछि परेका छन् ।

१६ हजार ३४२ मतगणना सम्पन्न हुँदा खनाल रास्वपाका स्वर्णिम वाग्ले भन्दा झन्डै ७ हजार मतले पछि परेका हुन् ।

मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार वाग्लेले ९ हजार १९८ मत प्राप्त गरेका छन् ।

यसैगरी कांग्रेसका गोविन्द भट्टराई ५ हजार ३ सय ९५ मतले पछि परेका छन् ।

बिहान ११ बजेसम्म भएको मतगणनामा भट्टराईले ३ हजार ८०३ मत मात्रै प्राप्त गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।