नेपालमा थपिए ८१ कोरोना संक्रमित



काठमाडौं । 

नेपालमा पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् ।  हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्