त्रिभुवन विमानस्थलको सञ्चार उपकरणमा समस्या, उडान प्रभावित



काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएसँगै उडान प्रभावित भएको छ। विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार विमानस्थल टावर र पाइलटबीचको सञ्चारमा समस्या देखिएसँगै आन्तरिक र अन्तर्राष्ट्रिय दुबैतर्फ एक घण्टादेखि उडान प्रभावित भएको हो।

अहिले आकाशमा भएका जहाजलाई अवतरण गराउने काम भएपनि उडानमा भने अनुमति नदिएको उनले बताए। जहाज अवतरणमा समस्या छैन। समस्या आउनुअघि नै उडिसकेका जहाजहरूलाई अवतरण गराइरहेकाे प्रवक्ता सिटौला जानकारी दिए  । साथै प्राविधिक टोलीले हाल समस्या समाधानको काम गरिरहेको प्रवक्ता सिटौलाले बताए।

प्रतिक्रिया दिनुहोस्