बारा–२ मा एक जना मतदातासँग दुईवटा मतपत्र फेला परेपछि…


बारा । बारा–२ मा जारी उपनिर्वाचनमा एक जना मतदातासँग दुईवटा मतपत्र फेला परेको छ ।

देवताल गाउयँपालिका–७ स्थित मतदान केन्द्रमा एक जना मतदातासँग दुईवटा मतपत्र फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई मतपत्रसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामसागर यादव रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।

दुईवटा मतपत्रसहित एक जनालाई पक्राउ परे पनि मतदान जारी नै रहेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।