धौलागिरी हिमालको आधार शिविरबाट एक भरिया बेपत्ता


पोखरा ।

धौलागिरी हिमालको आधार शिविरबाट एक भरिया बेपत्ता भएका छन् । धौलागिरी आधार शिविरवाट समान पुर्‍याएर फर्किने क्रम क्रममा भरीया अमृत राई बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सोलुखुम्बुको दुधकुण्ड नगरपालिका– १ नुथलाका २० वर्षीय राई हिमपातमा परी बेपत्ता भएको खबर प्राप्त भए पछि खोजी कार्य जारी राखिएको छ । धौलागिरी आधार शिविरमा समान पुर्‍याएर फर्किने क्रममा भारी हिमपात भएको र सो हिमपातमा परी राईको बेपत्ता भएको हुन सक्ने अनुमान ग छ ।

धौलागिरी हिमालमा हिउँपहिरो गएको र सोही हिउँ पहिरोमा परी उनी बेपत्ता भएको आशंकामा खोजी कार्य जारी राखिएको छ ।  शुक्रबारदेखि म्याग्दीको हिमाली क्षेत्र आसपासमा समेत हिमपात भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।