खोटाङमा खरायो समाउन खोज्दा बसबाट लडेर मृत्यु


खोटाङ ।

खोटाङमा गाडीबाट खसेर एकजनाको मृत्यु भएको छ । शुक्रबार राति गाडीवाट खस्दा जन्तेढुङ्गा–३ का ३८ वर्षीय दिनेश राई मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक मन्जिल मुकारूङका अनुसार शुक्रवार राती दिक्तेलबाट खोटाङ बजार जाँदै गरेको बा ३ ख ३४४१ नम्बरको बसबाट खसेका राईको उपचारको क्रममा मृत्यु भएको हो ।

उनका अनुसार सडकमा खरायो देखेर झर्न खोज्दा लडेर घाइते भएका राईको खोटाङ बजारस्थित स्वास्थ्य चौकीमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।