सुडानमा ६२ घण्टे युद्धविराम


एजेन्सी ।

सुडानको विपक्षी समूहले ६२ घण्टे युद्धविराम गरेको छ ।
विपक्षी  रयापिड सपोर्ट फोर्स ९आरएसएफ० ले एक पक्षीय रुपमा ७२ घण्टे युद्ध बिराम घोषणा गरेको हो । इद उल फितर पर्वको अवसरमा एकपक्षिय युद्ध बिरामको घोषणा गरेको सो समुहले जनाएको छ ।

 

गत हप्तादेखि राजधानी खार्तुमा सत्ता संघर्षका लागि जारी युद्धलाई इद उल फितर पर्वलाई लक्षित गर्दै आरएसएफले एक पक्षीय रुपमा युद्ध बिरामको घोषणा गरेको हो । स्थानीय समय अनुसार शुक्रबार बिहान ६ बजेदेखि सुरु हुने युद्ध बिराम ७२ घण्टासम्म रहनेछ ।

अहिलेसम्म सो आन्तरिक युद्धमा परी झन्डै २ सय ५० जनाले ज्यान गुमाइसकेका छन भने सरकार र बिद्रोही समुहका बिचमा सत्ता संघर्ष चर्किदै जाँदा हजारौं सर्वसाधारणले राजधानी खार्तुम छाडेका छन ।

 

बिपक्षी समुहले घोषणा गरेको युद्ध बिरामको अवस्थामा अझै धेरै सर्वसाधारण राजधानीवाट बाहिरिने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।